Saturday

विश्व किर्तिमानमा नेपाल

१. विश्वको सर्वोच्च शिखर ः सगरमाथा (८८४८ मिटर )
२. विश्वको सर्वोच्च उचाईमा रहेको होटेल ः सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित १२,७१३ फिट उचाईमा रहेको “होटल एभरेष्ट भ्यु“
३. सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज ः सगरमाथा राष्ट्रिय निकुञ्ज
४. सर्वोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला ः पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५०५० मिटरको उचाई रहेको पिरामिड नामक बैज्ञानिक प्रयोगशाला
५. सर्वोच्च स्थानमा रहेको ताल ः मनाङ जिल्लाको तिलिचो ताल (४९१९ मिटर )

६. सर्वोच्च स्थानमा रहेको झरना ः डोल्पा जिल्लास्थित सुलिगढ झरना (३६१३ मिटर )
७. सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी ः अरुण नदी
८. सर्वोच्च स्थानमा रहेको बस्ती ः डोल्पा जिल्लाको छार्का भोट र तराप बस्ती
९. विश्वको सर्वोच्च उचाईको धानखेती ः जुम्ला जिल्लाको पतरासी गा.वि.स.को घुमचौर जिउलोमा गरिने “जुम्लि मार्सी“ नामको धानखेती (२८५० मिटर उचाई )
१०. सर्बाधिक उचाईमा पाईने फूल ः स्टेलरिया डेकुम्बेन (६४९२ मिटर उचाईमा )
११. होचो उपत्यका ः अरुण उपत्यका ( पुर्वमा ८५८६ मिटर अग्लो कञ्चनजङघा र पश्चिममा ८८४८ मिटर अग्लो सगरमाथाको बिचमा पर्ने उपत्यका )
१२. सर्बाधिक गहिरो गल्छी ः म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा पर्ने अन्नपुर्ण र धौलागिरी हिमालको बीचमा कालीगण्डकी नदीले बनाएको ६८६७ मिटर गहिरो गल्छी
१३. नेपालमा मात्र पाईने चरा ः का“डे भ्याकुर (स्पाईनी ब्याब्लर )
१४. दुर्लभ च्याउ ः ट्रयाफिना नेपोलीन्सस
१५. विश्वमा सबभन्दा धेरै अलैंची उत्पादन गर्ने देश ः नेपाल 

0 comments:

Post a Comment